काठमाडौं कार्यबाहक प्रमुख डंगोल, भारतीय अभिनेत्री सवाना र जापानका चलचित्र निर्देशक ताकायुकीको भेट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ कार्तिक । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुखसँग शुक्रबार भारतीय चलचित्रकी अभिनेत्री सवाना आजमी र जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराको भेटघाट भएको छ । काठमाडौं महानगरपालिकाको निमन्त्रणामा ‘काठमाडौं फिल्म फेस्टिभल’का लागि आएकी आजमी र निर्देशक ताकायुकीको भेट भएको हो ।

भेटका क्रममा कार्यबाहक प्रमुख डंगोलले फिल्म फेस्टिभलका बारेमा जानकारी दिँदै कथा सुनाउने काठमाडौंको प्राचीन संस्कृति भएको बताएकी छन् । ‘डवलीमा देखाइने नाटक, देव नृत्य, फल्चामा गाइने दाफा, संयुक्त परिवारभित्र हजुरबाले नाति नातिनासँग सुनाउने दन्त्य कथा, लोक कथा तथा पौराणिक कथा सबै कथा सुनाउने, सन्देश र मनोरञ्जनका परम्परागत माध्यम हुन् । आधुनिकतासँगै यी प्रचलनमा कमी आउन थालेपछि हामीले काठमाडौँ फिल्म फेस्टिभल आयोजना गरेर कथा भन्ने संस्कारलाई युवा र फिल्मसँग जोड्न खोजेका हौँ’, उनले भनिन् ।

अभिनेत्री आजमी र निर्देशक ताकायुकीले यसको निरन्तरता र समुदायसँगको सम्बन्धका बारेमा जिज्ञासा मेट्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘यात्रा थालेका छौँ । यो शुरुवात् हो । सुधार गर्दै निरन्तर अगाडि बढ्ने योजनामा छौँ ।’

‘घरमा बसेका दर्शकलाई चोकसम्म ल्याएर फिल्ममा रुचि जगाउँदै जानु काठमाडौंले यस अघि गरेको टोल टोलमा फिल्म महोत्सवका सबैभन्दा ठुलो उपलब्धि लाग्यो,’ अभिनेत्री आजमीले भनिन्, ‘अब समुदायलाई आफूसँग, आफ्नो समुदायसँग चाख लाग्दा कथा पहिचान गर्ने, सुन्न र सुनाउने सिपको विकास गराउनु पर्छ । यसले चलचित्र उद्योगको विकासका लागि ठुलो सहयोग पुग्नेछ ।’ यस्ता खालका कथा चलचित्र निर्माणका लागि राजनीतिभन्दा पनि चाखलाग्दा हुने उनको भनाइ छ ।

त्यस क्रममा निर्देशक ताकायुकीले यामागाता सहरले युनेस्कोको क्रियटिभ सिटिज नेटवर्कमा सदस्यता प्राप्त गर्ने नगरहरुका बिचमा भिडियो मार्फत आपसी पहिचान, संस्कार, संस्कृति र परम्पराको आदान प्रदान गरिरहेको बताउँदै, काठमाडौं महानगरपालिकाले फिल्म फेस्टिभल आयोजना गरेर महत्वपूर्ण कामको थालनी गरेको बताए । आफ्नो सहरले गर्ने फेस्टिभलको अनुभव सुनाउँदै उनले भने, ‘हाम्रो नगरले हरेक २ वर्षमा फेस्टिभल आयोजना गर्ने गरेको छ । यस फेस्टिभलमार्फत हामीले सदस्य नगरहरुलाई एउटै मञ्चमा ल्याउन चाहेका छौँ ।’
भेटका क्रममा महानगरपालिकाका अधिकारीहरु, फेस्टिभलका डाइरेक्टर तथा क्युरेटरहरु सहभागी थियो । शुक्रबाटबाट सुरु भएको फेस्टिभल आइतबारसम्म विभिन्न कार्यक्रमका साथमा सञ्चालन हुनेछ ।

तस्बिर : काठमाडौं महानगरपालिका ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...