भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १३ कार्तिक । भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरुसँग छलफल गरी तान्त्रिक विधिअनुसार देहायबमोजिम स्वन्ति नखाः तिहार मनाउन उपयुक्त हुने राय सुझाव प्राप्त भएको र सोही बमोजिम तिहार मनाउने सम्बन्धी निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने सम्बन्धमा विभिन्न पात्रो र सरोकारवालाहरुबाट लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा मनाउने तिथिका विषयमा फरक फरक मितिमा मनाउने गरी सार्वजनिक भएका समाचारहरुबाट सर्वसाधारणमा अन्यौल सिर्जना हुने देखिएकोले निर्णयबमोजिम मिति २०८३ कार्तिक २२ गते, आइतबार बिहान १०ः५४ बजेपछि औंसी तिथि प्रारम्भ हुने भएकोले साँझ दिपावली गरी लक्ष्मी पूजा मनाउने, मिति २०८३ कार्तिक २३ गते, सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि आरम्भ हुने भएकोले साँझ  म्हःपूजा मनाउने र मिति २०८३ कार्तिक २४ गते, मंगलबार दिनको १२ः४१ बजेपछि द्वितीया तिथि आरम्भ हुने भएकोले सा“झ किजापूजा मनाउने निर्णय गरेको हो ।

बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पूजारी पद्मलोचन कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो ।

तस्बिर : भक्तपुर नगरपालिका ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...