बुधबारदेखि वर्षा र हिमपातको सम्भावना

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ कार्तिक । मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजग रहन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको असर पर्ने भएकाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको विभागको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यूनचापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा असर पार्ने देखिएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। आगामी बिहीबारदेखि यसको प्रभाव देखिन थाले पनि शुक्रबार र शनिबार सबैभन्दा बढी प्रभाव रहने उनले बताइन्। यो अवधिमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागहरूमा बाक्लो हिमपात तथा हिमआँधी आउने सम्भावना समेत रहेकाले पर्वतारोहण वा उच्च क्षेत्रमा नजान आग्रह गरेको पोखेरेलले बताइन्।
त्यस्तै ठूलो बाढी आउने सम्भावना कम भए पनि दुर्गम क्षेत्र र बाटोहरूमा पहिरो जान सक्ने जोखिम रहने विभागले जनाएको छ । पाकेको धानबालीमा मध्यम वर्षा वा हावाहुरीले असर पुर्‍याउन सक्ने सम्भावना रहेको विभागको भनाइ छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...