काठमाडौं, २६ असोज । जुवा खेल्दै गरेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीस्थित एक घरबाट ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ ३९ वर्षीय वीरबहादुर तामाङ, सोही ठाउँका ४९ वर्षीय बुद्धीबहादुर तामाङ, सोही ठाउँका २९ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोकका २८ वर्षीय समर तामाङ, रामेछापका ३४ वर्षीय बिक्की लामा, सिन्धुपाल्चोकका ३९ वर्षीय रवि थिङ र सिन्धुपाल्चोककै ४० वर्षीय प्रवीन तामाङ छन् ।
उनीहरूबाट ५ लाख ५२ हजार ३ सय नगद बरामद भएको छ । ६३ वटा कौडा पनि बरामद भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसनधान अघि बढाइएको छ । पक्राउ परेका मध्ये बिक्की र रवि यसअघि पनि जुवा खेलेको आरोपमा मुद्दा चलेका व्यक्ति हुन् ।







