जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ असोज । जुवा खेल्दै गरेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीस्थित  एक घरबाट ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ ३९ वर्षीय वीरबहादुर तामाङ, सोही ठाउँका ४९ वर्षीय बुद्धीबहादुर तामाङ, सोही ठाउँका २९ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोकका २८ वर्षीय समर तामाङ, रामेछापका ३४ वर्षीय बिक्की लामा, सिन्धुपाल्चोकका ३९ वर्षीय रवि थिङ र सिन्धुपाल्चोककै ४० वर्षीय प्रवीन तामाङ छन्  ।

उनीहरूबाट ५ लाख ५२ हजार ३ सय नगद बरामद भएको छ । ६३ वटा कौडा पनि बरामद भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसनधान अघि बढाइएको छ । पक्राउ परेका मध्ये बिक्की र रवि यसअघि पनि जुवा खेलेको आरोपमा मुद्दा चलेका व्यक्ति हुन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...