डेढ महिनापछि रसुवा-नुवाकोट सडक सम्पर्क जोडियो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ असोज । भोटेकोशीमा बाढी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सिधा सडक सम्पर्कमा जोडिएकाे छ । दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्रिज जडान गरिएसँगै आइतबारदेखि सवारीसाधन चल्न थालेकाे छ ।
नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडान गरिएको हो । बेलिब्रिज जडानपछि नुवाकोट-रसुवा सवारीसाधन चल्न थालेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए ।

ढुङ्गे बजारदेखि नुवाकोट-रसुवाको सीमा क्षेत्र बेत्रावतीसम्मको दूरी १० किलोमिटर छ । भदौ १० को बाढीले पुल र सडक बगाउँदा दुई जिल्लाबीचको सडक सम्पर्क टुटेको थियो । ओझाका अनुसार फलाखु खोलामा ७३ मिटर लामो बेलिब्रिज जडान गरिएको हो । स्याफ्रुबेंसीमा पनि बेलिब्रिज जडानको तयारी थालिसकिएको उनले बताए ।

स्याफ्रुबेंसीमा पुलको फाउन्डेसन निर्माणका लागि खोलाको दुवैतर्फ एप्रोच रोड तयार भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए । अब स्याफ्रुबेंसीमा पुल निर्माणको कामले थप गति लिने उनको भनाइ छ । यसअघि नुवाकोटको उत्तरगया पब्लिक स्कुलनजिकैको ३०० मिटर लामो भिरमा सडकको ट्र्याक खोलेर बेत्रावतीसम्म सडक पुर्‍याइएको थियो । अप्ठ्यारो भिर भएकाले नेपाली सेनाको सहयोगमा विस्फोट गराएर ट्रयाक खोलिएको थियो ।

तस्बिर : नेपाली सेना ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...