नगरकोटमा चंङ्गा चेट कार्यक्रम हुदैं

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ असोज । नेपालीहरूको महान चाड  दशैंलाई लक्षित गरी पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम हुने भएको छ । काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका-२, नगरकोटस्थित माउण्टेन भिस्टा रिट्रिट होटलले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रम असोज २८ गतेदखि ३१ गतेसम्म चंङ्गा चेट फेस्टिवल-२०८३ आयोजना गर्न लागिएको होटलका अप्रेशन मेनेन्जर सुरेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उक्त कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५ सय रुपैंया शुल्क होटललाई बुझाउने पर्नेछ ।
कार्यक्रममा सहभागीले माटोको भाडा बनाउन, सांगितिक कार्यक्रममा सहभागी हुन, मुहारमा चित्र बनाउन, चंङ्गा उडाउन पाउनेछन् । “साथै दशैंको विशेष खाना समेत सोही प्याकेजमा उपलब्ध हुनेछ” अपरेशन मेनेन्जर अधिकारीले भने । यस पटकको दशैंमा नगरकोट पुगेर रमाउन चाहानेहरुकालागि होटलले उक्त कार्यक्रम अवधिभर काठमाडौंको बानेश्वरदेखि नगरकोटसम्म यातायातको व्यवस्था गरेको जानकारी दिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...