भक्तपुर, २५ असोज । नेपालीहरूको महान चाड दशैंलाई लक्षित गरी पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम हुने भएको छ । काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका-२, नगरकोटस्थित माउण्टेन भिस्टा रिट्रिट होटलले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रम असोज २८ गतेदखि ३१ गतेसम्म चंङ्गा चेट फेस्टिवल-२०८३ आयोजना गर्न लागिएको होटलका अप्रेशन मेनेन्जर सुरेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उक्त कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५ सय रुपैंया शुल्क होटललाई बुझाउने पर्नेछ ।
कार्यक्रममा सहभागीले माटोको भाडा बनाउन, सांगितिक कार्यक्रममा सहभागी हुन, मुहारमा चित्र बनाउन, चंङ्गा उडाउन पाउनेछन् । “साथै दशैंको विशेष खाना समेत सोही प्याकेजमा उपलब्ध हुनेछ” अपरेशन मेनेन्जर अधिकारीले भने । यस पटकको दशैंमा नगरकोट पुगेर रमाउन चाहानेहरुकालागि होटलले उक्त कार्यक्रम अवधिभर काठमाडौंको बानेश्वरदेखि नगरकोटसम्म यातायातको व्यवस्था गरेको जानकारी दिएको छ ।







