काठमाडौं, २३ असोज । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा २ हजार ९०० रूपैयाँ र चाँदी १५ रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४०५ रूपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० रूपैयाँ र चाँदी ४ हजार ३९० रूपैयाँमा किनबेच भएको थियो ।







