ललितपुर महानगरमा महिला उद्यमीको उत्पादनको प्रदर्शनी शुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १६ असोज । ललितपुर महानगरपालिकाले ललितपुरका महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आयोजना गरेको प्रदर्शनी मेला शुत्रबारबाट सुरु भएको छ । आइतबारसम्म चल्ने उक्त मेलाको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । ‘लोकल रुट्स टु ग्लोबल रिच ‘ नारासहितको मेला प्रदर्शनी महानगरपालिकाको कार्यालय पुल्चोकस्थित प्राङ्गणमा भइरहेको छ । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, अष्ट्रेलियाका राजदुत साइमन अन्स्र्ट , नर्वेका राजदुत डाग्नी म्योस, म्यानमारका राजदुत थान सिन, श्रीलंकाका राजदुत रुवान्ती डेल्पिटिया, नेपालका लागि चिनियाँ राजदुतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेको उपस्थिति रहेको थियो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विभिन्न देशका राजदुतहरुलाई स्वागत गर्दै उहाँहरुको उपस्थितिले महिला उद्यमीलाई प्रोत्साहित गरेको बताएका छन् । ललितपुर महानगर देशकै पुरानो शहर भएको बताउँदै महानगरले थुप्रै अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको बताए । वल्ड क्राफ्ट काउन्सिलले ललितपुर महानगरलाई ३५ औं कला नगर घोषणा गरेको अवगत गराउँदै महानगर प्रमुखले सांस्कृतिक गतिविधिले महानगरको परिचयलाई उचो बनाएको उनले बताए । नेपाल सरकारले यमोरीलाई अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरेको बताउँदै अब छिट्टै यमोरीलाई युनेस्कोले अमूर्त सम्पदाको रुपमा घोषणा गर्नेमा आफू विश्वस्त भएको बताए । ललितपुर महानगरले महिलालाई धेरै तालिम दिएको बताउँदै ती तालिममा सहभागी भएकाहरु उद्यमी बनेको बताए । महिला उद्यमीलाई आर्थिक सहयोग गर्न महानगर तयार रहेको बताउँदै उनले भने, ‘प्रस्ताव लिएर आउनुस् हामी तयार छौं । ’

कार्यक्रममा नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमी बन्नु भनेको स्वतन्त्रतालाई माया गर्नु र स्वतन्त्र हुनु हो भन्दै महानगरले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउन उद्यमशिलता प्रबद्र्धनमा ध्यान दिएको बताइन् । महिला उद्यमीले गरेको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन यो प्रदर्शनी मेला महत्वपूर्ण हुने उनले बताइन् । महानगरभित्र २५ सय भन्दा बढी महिला उद्यमी रहेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको आर्थिक शसक्तिकरणका लागि महानगरले धेरै योजना अघि बढाएको बताउँदै आर्थिक शसक्तिकरण विना महिलामाथिको असमानता नहट्ने उनको भनाई थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का डेपुटी चिफ आफ मिसन जुलियन चेभिलार्डले लगानी, बजार र उद्यमशिलता एक अर्काका परिपुरक भएको बताउँदै यो प्रदर्शनीमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । धेरै जनाले धेरै ठाउँमा उत्पादन गएको सामग्रीहरुको बारेमा एकै ठाउँबाट जानकारी लिन यो प्रदर्शनी महत्वपूर्ण स्थान भएको बताए । उद्यमका लागि लगानी र बजार महत्वपूर्ण भएको बताउँदै महानगरले महिला उद्यमीको उत्पादनलाई अन्तर्राष्टिय बजारमा पुर्याउन गरेको यो प्रयास महत्वपूर्ण भएको उनको भनाइ थियो । प्रदर्शनीमा ७५ भन्दावटा स्टल रहेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...