कार्यसम्पादन सम्झौतापछि बजेट कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्री थापाको निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौँडा, १३ असोज । बागमती प्रदेश सरकारले चालु आर्थिकवर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री किरण थापा मगरसमक्ष मन्त्रीहरु र प्रमुख सचीवले कार्यसम्पादन करार सम्झौता गरेका छन् । प्रदेश सरकारले नतिजामुखी रूपमा कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कार्यसम्पादन करार सम्झौता गर्ने गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सबैले आ-आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर काम गर्नुपर्ने बताएका छन्। मुख्यमन्त्रीले मन्त्रीहरूले सचिवसँग तथा सचिवहरूले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी सम्झौताअनुसारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

चालु आर्थिकवर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले अब समयभित्र बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । विशेषगरी विकाससँग सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने भन्दै काममा तीव्रता दिन निर्देशन दिएका छन् । मुख्यमन्त्रीले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनका लागि बितिसकेका दुई महिनाको समयलाई समेत ध्यानमा राख्दै आगामी दिनमा कामको गति बढाउन आग्रह समेत गरे । मन्त्रालय र मातहतका कार्यालयहरूले बजेटमा समावेश गरिएका कार्यक्रमको नियमित कार्यतालिका बनाएर तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम तथा आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्दै नतिजामुखी प्रशासन सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाई छ ।

तस्बिर : मुख्यमन्त्रीको सचिवालय ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...