उपत्यकाका चार गणेश मन्दिरमा विशेष पूजा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १३ असोज ।  मध्यपुर थिमि नगरपालिका-६ दुवाफल्चा टोल परिवार तथा दुवाफल्चा भजन मण्डल थानेको आयोजनामा उपत्यकाका चार गणेश मन्दिरमा विशेष पूजाको आयोजना गरिएको छ । देशमा स्थायी शान्ति, सुख, समृद्धि तथा सामाजिक सद्भाव कायम गर्दै उपत्यकाभित्रका चार गणेशको पूजा गरिएको आयोजक कृष्णमान प्रजापतिले जानकारी दिए ।

विभिन्न नेवारी परम्परागत बाजासहित दुवाफल्चाबाट सुरु भएको धार्मिक यात्रा चपाचो र सिद्धिकाली हुँदै उपत्यकाका चार गणेश मन्दिर पुगेको छ । भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक, काठमाडौंको मरूटोलस्थित अशोकविनायक र चावहिलको चन्द्रविनायक मन्दिरमा नेवारी परम्पराअनुसार वोः छायगु अर्थात् भोज चढाई विशेष पूजा गरिएको आयोजकले जनाएको छ ।

धिमे तथा बाँसुरी बाजाको धुनसँगै आयोजित विशेष पूजामा करिब १२ सय श्रद्धालुको सहभागिता रहेको छ । परम्परागत नेवारी हाकुपटासीमा सजिएका महिला सहभागीहरूले आफूआफ्नो गच्छेअनुसार विभिन्न प्रकारका भोजन, फलफूल तथा प्रसाद मन्दिरमा चढाएका छन् ।

तस्बिर : रामकृष्ण शंखदेव ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...