गृहमन्त्रीको सचिवालय सदस्यसँग सम्पर्क छ भनिएको अडिओ संवाद गर्ने व्यक्ति पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ असोज । गृहमन्त्री सुधन गुरुङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।
मल्ल र अर्का एक व्यक्तिले गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको भन्दै मोलमोलाइ गरेको अडियो समेत सार्वजनिक भएको थियो । पक्राउ परेका मल्लविरुद्ध ६ वटा मुद्दाहरू रहेको समेत खुलेको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । अडियोबारे वास्तविकता बुझ्न सोधपुछ गर्दा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको उनले बताए । उनीविरुद्ध अभद्रको कसुरमा २ दिनको म्याद लिइएको छ ।

बाँकेमा उनीविरुद्ध दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता भएको र यो मुद्दामा उनी फरार रहेको समेत प्रहरीको बताएको छ । बाँकेमै ३ वटा अभद्र १ वटा ठगी र १ वटा बैंकिङ कसुरको मुद्दा समेत उनीविरुद्ध रहेको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...