धापाखेलमा पहिरोसँगै ढल्यो साढे दुईतले घर

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १२ असोज । अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्ण रूपमा ढलेको छ । ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ः३५ बजे पहिरोले बगाएर खोलामा पुर्‍याएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि प्रहरीले जोखिमको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको छ । पहिरो खस्न भने आइतबारदेखि नै सुरु भएको थियो ।

आइतबार दिउँसो १ः४० बजे थापाको घरको भुइँतलासँग जोडिएको ट्रसबाट बनेको भान्सासमेत पहिरोले करिब २० मिटर तल खसालेको थियो । त्यसपछि घरमा थप जोखिम बढेपछि थापासहित तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा सरेका थिए । परिवारका सदस्यहरू समयमै सुरक्षित स्थानमा सरेकाले घर पूर्ण रूपमा ढले पनि मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए ।

घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली खटिएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी टोली पनि घटनास्थलमा पुगेर घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सारिरहेको छ ।
यस्तै, घटनाको मुचुल्का तयार गर्न सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का टोलीसमेत घटनास्थलमा खटाइएको एसपी मिश्रले बताए । लगातारको वर्षाका कारण थप पहिरो खस्न सक्ने जोखिम रहेकाले घटनास्थलमा सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...