नारायणगढ-मुग्लिन सडकखण्डमा राति ८ बजेदेखि सवारी आवागमन बन्द

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ असोज । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा तथा बाढी-पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ५ बजेसम्म सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यकबाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरो तथा बाढीका कारण पटक-पटक यातायात प्रभावित हुँदै आएको छ । पछिल्लो समय लगातार वर्षा भइरहेकाले सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेको प्रशासनले जनाएको छ । रातिको समयमा यात्रा गर्दा जोखिम थप बढ्न सक्ने भएकाले सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...