मकवानपुर, ०२ असोज । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले मुख्यमन्त्री किरण थापा मगरको उपस्थितिमा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसके पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैं मातहतमा राखेका थिए। आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले पनि नेतृत्व पाएको छ।
बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा सरकार गठन भएको छ। हाल बागमती प्रदेश सरकारमा आठ वटा मन्त्रालय रहेकाे छ ।
तस्बिर : प्रकाश दाहाल।







