काठमाडौं, ०१ असोज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार (असोज १) छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै बिहीबार छापावाल सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा चालु साता दुई दिन लगातार ओरालो लागेको सुनको मूल्य बुधबार भने उकालो लागेको थियो । साताको पहिलो दिन आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार र मंगलबार ओरालो लागेको थियो भने बुधबार पुनः उकालो लागेको थियो । तर, फेरि बिहीबार सुनको मूल्य ओरालो लागेको हो ।
बुधबार १ हजार ७०० रुपैयाँले बढेरे मूल्य ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँ थियो । सोमबार १ हजार २०० रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार १ हजार २०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ थियो ।







