मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

काभ्रेपलान्चोक, २८ भदौ । बनेपामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, बनेपा नगरपालिका-८ स्थित अरनिको राजमार्गमा शनिबार  राति करिब ८ः०५ बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ६५ प ४८१३ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक महाभारत गाउँपालिका-६ घरभई बनेपा नगरपालिका-४ नाला बस्ने २७ वर्षीय नवीन घिसिङ र पैदलयात्री दुवै घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो। पैदलयात्रीको परिचय खुलेपछि उनी बनेपा नगरपालिका–७ का ७२ वर्षीय ज्ञानलाल मानन्धर रहेको उनले जानकारी दिए । उनका अनुसार, मानन्धरलाई राति थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा चिकित्सकले मानन्धरलाई आइतबार बिहान मृत घोषणा गरेको उनले जानकारी दिए । मोटरसाइकल चालक घिसिङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...