रसुवा बाढीले पूर्वाधारमा मात्र करिब २ खर्ब क्षति, पुनर्निर्माणमा ५ खर्ब आवश्यक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ भदौ । रसुवा भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा मात्र करिब २ खर्ब बराबरको क्षति भएको पाइएको छ । सरकारले गठन गरेको रसुवा-भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले पूर्वाधारमा मात्र १ खर्ब ७२ अर्ब ३४ करोड बराबर क्षति भएको पाइएको छ । सो पूर्वाधार पुनर्निर्माणका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ बराबर आवश्यक हुनेछ ।

बाढीले ऊर्जा क्षेत्र (जलविद्युत् आयोजना र प्रसारण लाइन)मा सबैभन्दा धेरै १ खर्ब ३४ अर्ब ६९ करोड बराबरको क्षति भएको छ । यस क्षेत्रको पुनर्निर्माणमा मात्र ३ खर्ब ९० अर्ब बराबर रकम आवश्यक पर्ने आकलन गरिएको छ । नवीकरणीय ऊर्जामा ५६ करोड बराबरको क्षति भएको छ ।
सडकमा २२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । जसको पुनर्निर्माणमा ५५ अर्ब १८ करोड भन्दा धेरै लाग्ने अनुमान सरकारको छ । पुलमा ११ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । पुल पुनर्निर्माणमा १८ अर्ब ६ करोड बराबर लाग्ने अनुमान छ । टेलिकम क्षेत्रमा ६२ करोड बराबरको क्षति पुगेकोमा पुनर्निर्माणमा झन्डै १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

खानेपानी र सरसफाइमा १ अर्ब ३८ करोडको पूर्वाधारमा क्षति पुगेको छ । सिँचाइमा १ अर्ब ६४ करोड बराबरका संरचना बगेका छन् । बाढीले निजी तथा सार्वजनिक घर, विद्यालय, स्वास्थ्य चौकी र सांस्कृतिक संरचनातर्फ कुल ६७ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति गरेको आकलन छ । यसको पुनर्निर्माणमा करिब १ खर्ब रुपैयाँ बराबर आवश्यक पर्ने अनुमान छ ।

बाढीले कुल भौतिक क्षति २ खर्ब ७४ अर्ब ४८ करोड बराबरको छ । यसको पुनर्निर्माणमा कुल ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबर आवश्यक पर्ने अनुमान गरिएको छ । यसमध्ये शीघ्र पुनरुत्थान कार्यक्रम (०–६ महिना)का लागि झन्डै ९ अर्ब लाग्ने आंकलन छ । त्यसपछि दीर्घकालीन पुनरुत्थानका लागि भने बाँकी रकम आवश्यक पर्ने सो प्रतिवेदनले औंल्याएको छ ।

फोटो फाइल ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...