गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ भदौ । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो ।

ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-२ का स्थानीय हुन् ।

बसुन्धारामा स्टोर ग्यास स्टोर सञ्चालन गरेका लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् । आरोपीले नयाँ सिलिन्डर ५ हजारमा बेच्ने गरेको एसपी कार्कीले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...