प्रधानमन्त्री राहत कोषमा प्याब्सन भक्तपुरद्वारा १ करोड १९ लाख रुपैयाँ सहयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ भदौ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरले १ करोड १९ लाख ३ हजार ७८५ रूपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएका नुवाकोट, रसुवा, धादिङ लगायत विभिन्न क्षेत्रका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरको आह्वानमा आफ्ना सदस्य विद्यालयहरूका विद्यार्थी, शिक्षक-कर्मचारी तथा विद्यालयबाट संकलित रकम सहयोग गरेको जनाएको जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कास्पालले जानकारी दिएका छन् ।

प्याब्सन अन्तर्गतका विद्यालयहरुका विद्यार्थी, शिक्षक-कर्मचारी तथा विद्यालयबाट संकलित १ करोड १९ लाख ३ हजार ७८५ रुपैयाँ ३४ पैसा बराबरको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न केन्द्रीय प्याब्सनलाई हस्तान्तरण गरिएको अध्यक्ष कास्पालले बताए । ‘यस मानवीय अभियानमा उत्साहपूर्वक साथ र सहयोग गर्नुहुने सम्पूर्ण सदस्य विद्यालयहरू, आदरणीय प्रधानाध्यापकज्यूहरू, विद्यालयमा अध्ययनरत प्रिय विद्यार्थीहरू तथा शिक्षक-कर्मचारीहरूप्रति हृदयदेखि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने, ‘विपद्को समयमा हामीले देखाएको यो एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता जिल्ला प्याब्सन भक्तपुरको गौरव हो। तपाईंहरूको अमूल्य सहयोगले विपद्मा परेका परिवारहरूलाई राहतसँगै आशा, भरोसा र साथको अनुभूति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको अध्यक्षमा दिपेश बिसुङ्के सर्वसम्मत चयन

भक्तपुर, १३ मंसिर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको ११औँ जिल्ला अधिवेशनले अध्यक्षमा दिपक बिसुङ्के सर्वसम्मत ...

लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुम्बासी

काठमाडौं, १३ मंसिर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्यमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडस्थित होल्डिङ सेन्टरमा आश्रय...

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...