प्रधानमन्त्री राहत कोषमा प्याब्सन भक्तपुरद्वारा १ करोड १९ लाख रुपैयाँ सहयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ भदौ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरले १ करोड १९ लाख ३ हजार ७८५ रूपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएका नुवाकोट, रसुवा, धादिङ लगायत विभिन्न क्षेत्रका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरको आह्वानमा आफ्ना सदस्य विद्यालयहरूका विद्यार्थी, शिक्षक-कर्मचारी तथा विद्यालयबाट संकलित रकम सहयोग गरेको जनाएको जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कास्पालले जानकारी दिएका छन् ।

प्याब्सन अन्तर्गतका विद्यालयहरुका विद्यार्थी, शिक्षक-कर्मचारी तथा विद्यालयबाट संकलित १ करोड १९ लाख ३ हजार ७८५ रुपैयाँ ३४ पैसा बराबरको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न केन्द्रीय प्याब्सनलाई हस्तान्तरण गरिएको अध्यक्ष कास्पालले बताए । ‘यस मानवीय अभियानमा उत्साहपूर्वक साथ र सहयोग गर्नुहुने सम्पूर्ण सदस्य विद्यालयहरू, आदरणीय प्रधानाध्यापकज्यूहरू, विद्यालयमा अध्ययनरत प्रिय विद्यार्थीहरू तथा शिक्षक-कर्मचारीहरूप्रति हृदयदेखि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने, ‘विपद्को समयमा हामीले देखाएको यो एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता जिल्ला प्याब्सन भक्तपुरको गौरव हो। तपाईंहरूको अमूल्य सहयोगले विपद्मा परेका परिवारहरूलाई राहतसँगै आशा, भरोसा र साथको अनुभूति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...