पीडामा रहेकामाथि अनावश्यक टिप्पणी गर्नेप्रति सरकार निर्मम हुनेछ : प्रधानमन्त्री बालेन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० भदौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक भएको र आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्।  पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरु अपराधि भएको शाहले बताएका छन्।

पिडामा रहेका प्रभावित नागरिकहरुबाट सरकारमाथि व्यक्त हुने आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने शाहले बताए। ‘संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।,’ प्रधानमन्त्री शाहले लेखेका छन्। 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...