रसुवा बाढी अपडेट : बाढीको ११ औं दिनमा २ जनाो जीवितै उद्धार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० भदौ । रसुवा बाढीको ११औं दिनमा आज (शनिबार) दुई जनाको जीवितै उद्धार गरिएको छ । रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार शनिबार ११औं दिनमा उनको  माथिल्लो त्रिशूली–१ को अडिट- ४ सुरुङबाट उद्धार गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । उद्धारमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोली खटिएका थिए । उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित  ब्यारेकमा ल्याइँदै छ ।

यस्तै, शनिबार नै बेत्रावतीमा पनि घरमा पुरिएको एक महिलाको पनि उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको हो । १९ नं गुल्मबाट सप्रनि सुमनकुमार बिकको कमाण्डमा खटिएको ९ जनाको टोलीले ४ तले घरको माथिल्लो तलाबाट उनलाई उद्धार गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...