बागमती प्रदेशका मुख्यमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रमा जाँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौँडा, १० भदौ । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा क्षतिको अवस्था बुझ्न बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहितको टोली प्रभावित क्षेत्रतर्फ गएका छन् । मुख्यमन्त्री थापामगरसँगै आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री, सामाजिक विकासमन्त्री गिरबहादुर तामाङलगायत प्रदेश सरकारका अधिकारीहरू टोलीमा सहभागी रहेका छन् । टोलीले बाढीबाट भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक उद्धार, राहत र पुनःस्थापनाका विषयमा स्थलगत जानकारी लिने मुख्यमन्त्री थापामगरले जानकारी दिए ।

मुख्यमन्त्री थापामगरका अनुसार रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको उद्धार, उपचार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिँदै स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा छ। हालसम्म त्रिशूली अस्पतालमा २२ जना, रसुवा अस्पतालमा १४ जना तथा आयुर्वेदिक अस्पताल, त्रिशूलीमा ८ जना घाइतेहरूको उपचार भइरहेको छ।

त्यसैगरी, टिमुरे भन्सारबाट हेलिकप्टरमार्फत आवश्यक उद्धार तथा थप उपचारका लागि रेफर गर्ने कार्य निरन्तर जारी छ। हालसम्म हेलिलिफ्ट गरिएका घाइतेहरूमा राजेन्द्र भट्ट, बलबहादुर घर्ती, एन्जल पौडेल, प्रदीप चन्द्र, राजकुमार खड्का र भूपेन्द्र भुजेल छन्।
दुर्गम क्षेत्र होस् वा विपद्को कठिन परिस्थिति-हरेक घाइतेसम्म समयमै स्वास्थ्य सेवा पुर्‍याउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उनी बताउँछन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...