काठमाडौं उपत्यकाका मेयरहरूले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री बालेनलाई भेट्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ भदौ ।  काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेट्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका मेयर्स फोरमको मंगलबार बसेको बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार बैठकले मंगलबार यस्तो निर्णय गरेको हो। गत ५ भदौमा सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि सांसद आशिका तामाङले गरेको दुर्व्यवहारको विषयसमेत प्रधानमन्त्री शाहसँगको भेटमा विषय बन्ने फोरमले जानकारी दिएको छ।

प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख हुँदाको बखतदेखि उपत्यका भित्रको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनका लागि मार्ग प्रशस्त गर्न समेत फोरमको बैठकमा छलफल भएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...