बागमती प्रदेश सभा बैठक मंगलबार ४ बजे बस्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ भदौ । बागमती प्रदेश सभाको सोमबार साँझ ८ बजेका लागि तय भएको बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक बस्न नसकेपछि उपसभामुखले बैठकको मिति र समय परिवर्तन गरेकी हुन् । प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनाअनुसार अब बैठक भोलि भदौ ९ गते मंगलबार दिउँसो ४ बजे बस्नेछ ।

नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बैठक बोलाइएको थियो । त्यसपछि बैठकको समय पटक–पटक परिवर्तन गरी साँझ ५ बजे र अन्तिममा ८ बजेका लागि तोकिए पनि बैठक बस्न सकेन ।

सत्तारुढ नेकपा एमाले र राप्रपाभित्र देखिएको विवादका कारण मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी बैठक एक दिन सारिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार विश्वासको मत जुटाउन मन्त्रालयको संख्या बढाउने तयारीसमेत भइरहेको छ।  हाल मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको बागमतीमा मन्त्रालयको संख्या ११ पुर्‍याउने तयारी गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...