१५०औं जयपृथ्वी जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान र पुरस्कार, १० कृतिको लोकार्पण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ भदौ । नेपाल बालसाहित्य समाज(नेबासास)ले विभिन्न अग्रज एवं अनुज स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको छ । १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा आइतबार ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न दाताले स्थापना गरेका पुरस्कार प्रदान गर्नुका साथै दस पुस्तकको विमोचन गरेको छ। नेबासास जयपृथ्वीबहादुर सम्मान नेबासासका पूर्वअध्यक्ष एवं नेपाली बालसाहित्यका इतिहासकार प्रमोद प्रधानलाई प्रदान गरेको छ ।

कार्यक्रममा प्रा. डा. चूडामणि बन्धुलाई नेबासास तेजप्रतिभा बालनियात्रा/लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेबासास मुकेश जनक बालविज्ञान पुरस्कार, प्रभात सापकोटालाई नेबासास चूडा-चरण बालजीवनी पुरस्कार, डा. जयन्ती रुपाखेतीलाई नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र अमेरिकामा रहेका आभास अर्याललाई नेबासास विमला-मोहन प्रवासी बालस्रष्टा पुरस्कार प्रदान गरेको छ । सम्पूर्ण पुरस्कारको राशि १५ हजार रुपैयाँको रहेको छ।
त्यस्तै, आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरेको छ । दुवैलाई प्रदान गरिएको पुरस्कारको राशि ५ हजार रहेको छ ।

यसैगरी, कार्यक्रममा विभिन्न लेखकका १० पुस्तकसमेत लोकार्पण गरेको छ । नेबासासका महासचिव डा. विष्णु केसीको सम्पादनमा तयार बालसाहित्यका विधा: सिद्धान्त र परम्परा, केसीकै लेखनमा तयार कमिलाको बानी, इन्द्रेणी र चन्द्रबहादुर नामका तीन बालपुस्तक, नेबासासका अध्यक्ष विजयराज आचार्यको उपन्यास हितुवा र उनकै अनुवादमा तयार चिनियाँ बालउपन्यास जादुको छडी, कृष्ण बजगाईंका दुई उपन्यास स्यालको सिङ र आँखा झिम्काउने पहाड, रबिन्द्र मानन्धरको लेखन तथा चित्रांकन रहेको अध्याय पुस्तक मन्त्रपुरकी माया र उर्मिला ढुंगाना सुवेदीको हजुरआमाको भान्छा कोठा नामक बालपुस्तक सार्वजनिक गरेको छ ।

पुरस्कार तथा सम्मानबाट सम्मानित एवं पुरस्कृत व्यक्तित्वसँगै विमोचित सबै पुस्तकमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका छन् । <span;>कार्यक्रमका बालगायक अमृत विक, बालसाहित्य सर्जक एवं नेबासासका संस्थापक तथा संरक्षक रामकुमार पाँडेलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...