मन्त्रालय गाभिएपछि बागमती प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० साउन । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । शुक्रबारको प्रदेश मन्त्रीपरिषद् बैठकले गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ ।  स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा.सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ ।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिए । उक्त जिम्मेवारी गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने प्रवक्ता तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...