मध्यपुर थिमिका ४२१ परिवारलाई लालपुर्जा वितरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ साउन । नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका-८ का ४२१ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। बिहीबार भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रुकेश रन्जित, क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजिब खत्री, मध्यपुर थिमी नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नापी कार्यालय प्रमुख पूर्णप्रसाद पाण्डेको उपस्थितिमा भूमि समस्या समाधान समितिले साविक निलबाराही गाविसअन्तर्गत नापजाँच भएका गाउँ ब्लक (स्वबासी) जग्गाको आवश्यक प्रक्रिया पूरा गरी पुर्जा वितरण गरेको हो।

साविक निलबाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ मा पर्ने गाउँ ब्लक (स्वबासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो। उक्त क्षेत्रलाई स्थानीयस्तरमा ‘बोडे गाउँ’का नामले चिनिने पुरानो नेवारी बस्तीका रूपमा लिइन्छ। नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो। आयोगबाट नापनक्सा भइसकेका जग्गाको बाँकी प्रक्रिया पूरा गरेपछि अहिले ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

जग्गाधनी पुर्जा पाएसँगै लामो समयदेखि स्वबासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गामाथि औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन्।तस्बिर : सचिन बज्राचार्य 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...