बोडेको होल्डिङ सेन्टरमा मृत भेटिए सुकुम्बासी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ साउन । थापाथलीस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हीरालाल पासवान मृत भेटिएका छन् ।
सरकारले सुकुम्बासी बस्ती भत्काएपछि उनी विस्थापित भएर कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पुगेका थिए । २७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले उनीहरूलाई बोडेस्थित कृषि विकास तालिम केन्द्रको होल्डिङ सेन्टरमा पुर्‍याएको थियो ।
हिरालाल छोरा र २ नातिनी गरी ६ सदस्यसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । हीरालालका छोरा रवि ज्याला मजदुरीको काम गर्दै आएका छन् । उनले थापाथली बस्तीमा हुँदा बाबु वरपर बदाम बेच्ने गरेको र विस्थापित भएपछि कामविहीन भएको बताए । उनले भने, ‘हामी शोकमा छौं । अहिले धेरै बोल्न सक्ने अवस्थामा छैनौं ।’

हीरालालका छिमेकीहरूका अनुसार परिवारसँग बस्दै आएका उनी होल्डिङ सेन्टरको अनिश्चित बसाइबाट आत्तिएका थिए । मृतकका आफन्त पुनमदेवी पासवानका अनुसार हीरालाल केही समययता सरकारले दिने भनेको जग्गा पाउने सूचीमा आफ्नो नाम नआएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काले प्रारम्भिक अनुसन्धानमा उनी हीरालाल कोठाभित्र मृत फेला परेको बताए । छोराले खाना खान बोलाउने बेलामा हीरालाल मृत अवस्थामा भेटिएका थिए । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका प्रवक्ता स्मिता आचार्यले हीरालाल २०६३ सालयता थापाथली सकुमवासी बस्तीमा बस्दै आएको जानकारी दिइन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...