जनआस्थाको कार्यालयमा प्रहरी, लगियो कम्प्युटरसहितका सामग्री

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ साउन । जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको छ। पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरी टोली कार्यालय पुगेको हो।
प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर लगेको जनाइएको छ। यसअघि बुधबार साँझ पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। काठमाडौँ प्रहरी परिसरका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा थुनुवा पुर्जी जारी भएको हो।
दीपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी रहने गरी श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। उनको कार्यलय वरिपरि प्रहरी तैनाथ भइ कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको हो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...