एक वर्षमा प्रेस स्वतन्त्रता हननका १०१ घटना, ११९ पत्रकार पीडित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ साउन । गत एक वर्षको अवधिमा देशका विभिन्न स्थानमा गरी प्रेस स्वतन्त्रता हननका १ सय १ वटा घटना घटेका छन् । प्रेस काउन्सिल नेपालले बुधबार सार्वजनिक गरेको वार्षिक अभिलेखअनुसार वि.सं. २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्मको अवधिमा पत्रकार र सञ्चारमाध्यममाथि उल्लिखित संख्यामा विभिन्न प्रकृतिका हस्तक्षेप तथा आक्रमण भएका हुन् ।
काउन्सिलका प्रवक्ता दीपक खनालले जारी गरेको  प्रेस विज्ञप्तिअनुसार यी घटनाबाट १ सय १९ श्रमजीवी पत्रकार प्रभावित भएका छन् । पीडित हुनेमा १ सय १३ जना पुरुष र ६ जना महिला पत्रकार छन् । कतिपय घटनामा एकभन्दा बढी पत्रकार पीडित भएकाले घटनाको संख्याभन्दा पीडितको संख्या बढी देखिएको काउन्सिलले स्पष्ट पारेको छ ।

काउन्सिलका अनुसार यस अवधिमा पत्रकारलाई धम्की दिइएका घटना सबैभन्दा बढी छन् । त्यसैगरी २७ वटा आक्रमण, १३ वटा पेसागत असुरक्षा, १० वटा कब्जा तथा अवरोध र ५ वटा दुर्व्यवहारका घटना भएका छन् । सोही अवधिमा गिरफ्तारीका ३, गालीगलौजका ३, नीतिगत बन्देजका ३ र शंकास्पद मृत्युको १ वटा घटना घटेको काउन्सिलले जनाएको छ ।

यस्तै, सोही अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगका ४ वटा घटनासमेत भएको पाइएको छ, जसमा बागमती प्रदेशमा २ तथा मधेश र कोशी प्रदेशमा १/१ वटा घटना रहेका छन् । प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हुने हस्तक्षेप रोक्न अनुगमन, उजुरी सुनुवाइ र कारबाहीको प्रक्रियालाई निरन्तरता दिइएको काउन्सिलले उल्लेख गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...