जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ साउन । जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्।प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी कन्सल्टेन्सी ग्याटस्बी इन्टरन्याशनल प्रालिका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।

उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार

काठमाडौं, ३० कात्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि एक मिनेटसम्मको...

प्रधानमन्त्री शाहले हेरफेर गरे सचिवालय सदस्यको जिम्मेवारी

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहको...

तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडान गरिने

काठमाडौं, २९ कात्तिक । गौरीशङ्कर गाउँपालिका-९ मा अवस्थित च्छो रोल्पा हिमतालको सम्भावित जोखिम न्यूनीकरणका लागि रामेछापका तामाकोशी र...

हेटौंडामा हवाई फायर गरेर पेस्तोलसहित दुई पक्राउ

मकवानपुर, २८ कात्तिक । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको...