जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ साउन । जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्।प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी कन्सल्टेन्सी ग्याटस्बी इन्टरन्याशनल प्रालिका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।

उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...