नेपाल नाट्यशालामा नाटक ‘मनमनै मन्त्रालय’ मञ्चन हुँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ साउन । वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्य सिंह राईको लेखन रहेको विसङ्गतिवादी सामाजिक नाटक ‘मनमनै मन्त्रालय’ साउन २४ गते नेपाल नाट्यशाला, काठमाडौंमा मञ्चन हुने भएको छ । नाटकको प्रस्तुति नेपाल थिएटर हाउस र नेपाल मातृगृह नेपालको संयुक्त रहेको छ ।
समकालीन समाजका मनोवैज्ञानिक तथा सामाजिक यथार्थलाई रूपकात्मक शैलीमा प्रस्तुत गरिएको यस नाटकले एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद तथा सामाजिक अन्यायजस्ता विषयलाई केन्द्रमा राखेको छ । कथामा प्रधानमन्त्रीको प्रवेशसँगै व्यक्तिगत द्वन्द्वहरू राजनीतिक उत्तरदायित्व, नैतिक चेतना र सामूहिक विवेकसँग गाँसिँदै समाज र व्यक्तिबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाइन्छ । नाटकले सहानुभूति, आत्मचेतना र मानवीय सम्बन्धको महत्त्वलाई स्थापित गर्दै साँचो परिवर्तनको सुरुआत मानिसको मनबाट हुने सन्देश दिन्छ । अन्त्यमा, समाज र मानव चेतनाको रूपान्तरणसम्बन्धी दार्शनिक प्रश्न प्रस्तुत गर्दै नाटकको समापन गरिएको छ ।

यस नाटकमा प्रवीण पुमा, जे.बी. डी.सी., सौभाग्य सिंह राई, रिता थापा, दिपमाला परियार, सानु पाण्डे, कविता खडका, निर्मल साउद, आयन थापा, तृप्ती श्रेष्ठ, खुशी तामाङ, महेन्द्र थापालगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ भने ब्याक स्टेज आर्टिस्टरुमा सम्झना श्रेष्ठ, सुस्मा बोम्जन ,अञ्जु बरल, नविन महरा, जोगा धामी, मुकेश महरा रहेका छन् ।

नाटकको लेखन तथा कला निर्देशन सौभाग्य एस. राई (शोभा)ले गरेका हुन् । उनले आवरण-कभर डिजाइन, वेशभूषा डिजाइन, प्रप डिजाइन, ध्वनि डिजाइन तथा व्यवस्थापनको जिम्मेवारीसमेत सम्हालेका छन् । सेट डिजाइन प्रवीण पुमा, प्रकाश डिजाइन परशुराम राई, प्रकाश सञ्चालन अजय घलान, ध्वनि सञ्चालन सुदीप रौन्टेल तथा पात्र छनोट निर्देशन जे.बी. डी.सी.ले गरेका छन् । करिब एक घण्टा अवधिको यस नाटकको प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...