बागमती एमालेमा नेतृत्व परिवर्तनको दबाब, किरण थापाको पक्षमा १९ सांसद

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० साउन । बागमती प्रदेश सरकार गठनको प्रक्रिया लम्बिँदै गएपछि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको माग थप बलियो बनेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका बहुमत सांसदहरूले पार्टी नेतृत्वलाई सरकार गठनको गतिरोध अन्त्य गर्न संसदीय दलको नेतृत्व परिवर्तन गरी पूर्व स्वास्थ्यमन्त्री किरण थापा मगरलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा अघि सार्न सुझाव दिएका छन् । सोमबार साँझ भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय पदाधिकारी र बागमती प्रदेशका एमाले प्रदेशसभा सदस्यहरूको छलफलमा सरकार गठनको रणनीतिबारे व्यापक बहस भएको स्रोतले जनाएको छ ।

बैठकमा सहभागी बहुमत सांसदहरूले सरकार गठनका लागि एमालेसँग एक्लै पर्याप्त संख्या नरहेको र नेकपाको समर्थनले मात्र बहुमत नपुग्ने भएकाले तेस्रो दलसँग सहमति गर्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । उनीहरूका अनुसार यस्तो अवस्थामा संसदीय दलको नेतृत्वले सबै सांसदलाई एकताबद्ध बनाउँदै अन्य दलसँग संवाद गर्नुपर्नेमा वर्तमान नेतृत्व त्यसमा असफल भएको निष्कर्ष निकालिएको छ ।
एक प्रदेशसभा सदस्यका अनुसार बैठकमा वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाको कार्यशैलीप्रति असन्तोष व्यक्त गरिएको थियो। ती सदस्यले सरकार गठनको सम्भावना बलियो बनाउन सक्ने व्यक्तिलाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउनु उचित हुने धारणा राखिएको बताए ।
स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले यसअघि नै थपलियालाई दलभित्र समर्थन जुटाउने र सरकार गठनका लागि आवश्यक अन्य दलसँग समन्वय गर्ने अवसर दिएका थिए। तर त्यस अवधिमा उल्लेखनीय पहल हुन नसकेको भन्दै बैठकमा प्रश्न उठाइएको बताइएको छ ।बैठकमा सहभागी सांसदहरूले सरकार गठनको विषयलाई व्यक्तिगत महत्वाकांक्षाको रूपमा भन्दा पनि पार्टीको सामूहिक रणनीतिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले संवाद, सहमति र बहुमतको निर्णयलाई आधार बनाएर अघि बढ्नुपर्ने सुझाव नेतृत्वसमक्ष राखेको स्रोतको भनाइ छ ।
यसक्रममा केही सांसदहरूले संसदीय दलभित्र नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनुपर्ने मागसमेत उठाएको जनाइएको छ । उनीहरूका अनुसार वर्तमान परिस्थितिमा दलभित्र बहुमतको विश्वास कायम राख्न नसक्ने नेतृत्वले सरकार गठनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन हुने तर्क गरिएको छ ।
एमालेभित्रको आन्तरिक समीकरणअनुसार बागमती प्रदेशसभाका २५ जना एमाले सांसदमध्ये १९ जनाले पूर्व स्वास्थ्यमन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता तथा मुख्यमन्त्रीको उम्मेदवार बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरिसकेको दाबी गरिएको छ । यसले दलभित्र नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट बहुमत रहेको दाबी पनि गरिएको छ । बागमती प्रदेशमा सरकार गठनका लागि तीन दलबीचको सहकार्य अपरिहार्य मानिएको छ । त्यसैले अन्य दलसँग सहज रूपमा सहमति जुटाउन सक्ने नेतृत्वलाई अघि सार्नुपर्ने दबाब एमालेभित्र बढ्दै गएको स्रोतको भनाइ छ । यद्यपि, यी दाबीहरूबारे एमाले नेतृत्व वा संसदीय दलका नेता जगन्नाथ थपलियाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...