एसओएस बालग्रामको गाडी दुर्घटना एकको मृत्यु, ५ घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १२ साउन । ललितपुरमा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने, पाँच जना घाइते भएका छन्। महाँकाल गाउँपालिका-३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका-२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेकाे प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
दुर्घटनामा कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा, नवलपरासीको गैंडाकोट घरभई काठमाडौं बस्ने ३५ वर्षीय भरत पौडेल, बर्दिया घरभई काठमाडौं बस्ने ३६ वर्षीया डिना सोनाहा, नुवाकोट घरभई काठमाडौं बस्ने २६ वर्षीय देवेन्द्रराज पाण्डे र कीर्तिपुर नगरपालिका-५ निवासी ३९ वर्षीय निशान महर्जनघाइते भएका छन्।
स्कार्पियोमा चालकसहित ६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने महर्जनको महाँकाल गाउँपालिका-२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक...

काठमाडौं र ललितपुरका सम्पदा, संस्कृतिकर्मी प्रेमीलाई भक्तपुरमा स्वागत

भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाले काठमाडौं र ललितपुरका बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदा प्रेमीहरूको टोलीलाई भक्तपुरमा स्वागत गर्दै...

सहकारीपीडितकाे पुनः प्रदर्शन

काठमाडौं । बचत फिर्ताको माग गर्दै सहकारीपीडितले पुनः काठमाडौंमा प्रदर्शन गरेका छन् । भेदभाव गर्न नहुने, बचत फिर्ताको...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

चितवन, ११ साउन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका-१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई...