महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा बेवारिसे बिरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले शनिबार महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गरेकी छन् ।
दुर्घटना वा अन्य स्वास्थ्य समस्याका कारण हड्डीमा राख्नुपर्ने महँगो ‘इम्प्लान्ट’ सामग्री अभावका कारण बिरामीहरु उपचारबाट बञ्चित हुनु पर्ने अवस्था अन्त्य गर्न महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक खरिद प्रक्रियाबाट सामान खरिद गरेपछि प्राप्त भएका सामान सेन्टरलाई हस्तान्तरण गरिएको हो । उपलब्ध गराइएका सामानहरु ११५ प्रकारका छन् । यी सामानबाट करिब ३ सय जनाले निःशुल्क उपचार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।
सामान हन्तान्तरण गर्दै कार्यबाहक प्रमुख डंगोलले महानगरपालिकाले सामान मात्र हस्तान्तरण गरेको नभइ अस्पतालको क्षमतासँग सम्बन्धित विपन्न वर्गको निःशुल्क र सहज उपचार गराउने जिम्मेवारी पनि हस्तान्तरण गरिएको बताइन । ‘सामान हामीले किन्न सक्थ्यौँ । किन्यौँ र अस्पताललाई दियौँ । यी सामानबाट महानगरबासी र विपन्न नागरिकको ठुलो समूहमा सेवा पुग्न सकोस्,’ डंगोलले भनिन्, ‘ट्रमा सेन्टरमा आउने अधिकांश बिरामी आपतकालीन सेवाका लागि आउनुहुन्छ । यसबेला सानातिना सामान र प्रयत्नहरु पनि जीवन दिने खालका हुन्छन् । यो संवेदनशीलतालाई बुझेर व्यक्तिलाई जीवन प्रदान गर्ने सामान दिएकाछौँ । यसबाट लक्षित वर्गमा उपचारको पहुँच वृद्धि हुन सकोस्, भन्ने चाहना राखेका छौँ ।’

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्यले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा वीर अस्पतालमा थालिएको महिलाहरुको स्तन र पाठेघरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार नतिजामूलक रहेको उल्लेख गर्दै ट्रमा सेन्टरमा महानगरपालिकाको सहयोगले आफूलाई सेवाप्रति थप उत्साहित बनाएको उल्लेख गरे । ट्रमा सेन्टरका निर्देशक डा. रूद्र मरासिनीले भने, ‘महानगरपालिकाले प्रदान गरेका सामानबाट प्रदान गरिने सेवाको सामाजिक परीक्षण गराउँछौं, सार्वजनिक सुनुवाई गर्छौँ । लक्षित समूहमा पारदर्शी सेवा दिन हामी प्रतिबद्ध छौँ । सँगै, महानगरपालिकाबाट यो सहयोगलाई निरन्तरता दिन अनुरोध पनि गर्दछु ।’
महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के.सी. का अनुसार आर्थिक अवस्था कमजोर भएका वा पहिचान नखुलेका (बेवारिसे) उपचारका लागि ट्रमा सेन्टरमा पुगेका विरामीलाई सेन्टरको सामाजिक सुरक्षा एकाईको सिफारिसका आधारमा मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ । महानगरवासीका लागि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले सिफारिस गर्नेछ ।
सम्झौता बमोजिम, महानगरपालिकाले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरूको खर्च विवरण र मौज्दातको अवस्था बारे सेन्टरले प्रत्येक चार महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ ।
सेन्टरमा वार्षिक करिब ७ हजार व्यक्तिको शल्यक्रिया हुने गरेको छ ।
विपन्न वर्गको उपचारका लागि सरकारले प्रति व्यक्ति १ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । डा. मरासिनीका अनुसार यसले उपचार गर्ने आउनेमध्ये ९० प्रतिशतको उपचारका लागि पुग्छ । १० प्रतिशत विरामीको उपचारका लागि थप स्रोत जुटाउनु पर्ने अवस्था छ । गएको वर्ष लक्षित वर्ग बाहेक करिब २ करोड रुपैयाँ बराबरको निःशुल्क उपचार गराइएको उनले जानकारी दिए ।
एउटा इम्प्लान्ट किन्न प्रकृति अनुसार २ सय रुपियाँदेखि १० लाख रुपैयाँ सम्म पर्छ । एक जना व्यक्तिलाई कति वटा इम्प्लान्ट चाहिन्छ भन्ने कुरा चाहिँ चोटपटकको अवस्थाले निर्धारण गर्ने जनाएको छ । सेन्टरमा गराइएका उपचार हेर्दा औसतमा २ लाख रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म खर्च आउने गरेको छ ।
कार्यक्रममा डा. मरासिनीले, इम्प्लान्ट जत्तिकै महत्वपूर्ण व्लड बैङ्क स्थापनामा महानगरपालिकाबाट सहयोग पाउन सके गम्भीर अवस्थाका विरामीको जीवन बचाउन ठुलो सहयोग हुने अपेक्षा राखेका छन् ।

तस्बिर : काठमाडौं महानगर

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...