आज हरिशयनी एकादशी: घर-घरमा तुलसीको बिरुवा सारिँदै, चार महिने चतुर्मासा व्रत सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ साउन । सनातन वैदिक परम्परा अनुसार आज देशभर श्रद्धा र भक्तिपूर्वक हरिशयनी एकादशी मनाइँदै छ। आजकै दिन घर-घरको मठमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष चतुर्मासा व्रत तथा पूजा-आराधना औपचारिक रूपमा सुरु भएको छ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन घर-घरको मठमा राखिएको तुलसीको बीउ (दल) को बिरुवालाई आज विधिपूर्वक मूल मठमा सारेर रोप्ने परम्परा छ।
धार्मिक मान्यता र चतुर्मासा
वैदिक शास्त्र अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास छ। त्यसैले यस अवधिमा भगवान् विष्णुका प्रतीकका रूपमा तुलसीको नियमित पूजा-आराधना गरिन्छ।

वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये चतुर्मासा अवधिमा पर्ने एकादशीहरूलाई निकै महत्त्वपूर्ण मानिन्छ। आजको दिन अन्न (विशेष गरी चामल) त्याग गरी फलाहार वा रोटी-ढिँडो खाने गरिन्छ। हरिशयनी एकादशीका अवसरमा काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण) लगायत देशभरका विष्णु एवं नारायण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

धार्मिक दृष्टिकोणका साथै तुलसी वैज्ञानिक र आयुर्वेदिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण वनस्पति मानिन्छ । तुलसीले अन्य वनस्पतिको तुलनामा बढी अक्सिजन उत्सर्जन गर्ने र वरपरको वातावरण शुद्ध राख्ने विज्ञहरु बताउँछन् । तुलसीको सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने समेत बताउँछन् । तुलसीको मठ भएको ठाउँमा विषालु कीटाणु नआउने र वास्तु दोष निवारण हुने मान्यता छ।

चार महिनासम्म दैनिक विधिपूर्वक पूजा-आराधना गरिएको तुलसीलाई आगामी कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् दामोदरसँग विवाह गरिदिएपछि चतुर्मासा व्रतको उद्यापन गर्ने परम्परा रहेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...