माइक्रोबसले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ६ जना घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ साउन । महाराजगन्जमा माइक्रोबसले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ ७:१५ बजे काठमाडौं महानगर-३ महाराजगन्जस्थित प्रहरी वृत्त महाराजगन्ज अगाडि बसुन्धारा चोकबाट चाबहिल तर्फ जांदै गरेको बाग्मती प्रदेश ०३-००१ज ०८१४ नम्बरको ईभी माइक्रोबसले सोही दिशातर्फबाट आएको ८ वटा सवारीसाधनलाई ठक्कर दिएर दुर्घटना भएको छ । दुर्घटनाबाट सोही ईभी माइक्रोबस चालक लम्जुङ सिद्धी गाउँपालिका-५ घरभई काठमाडौं कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवालको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाग्मती प्रदेश ०३-००१ज ०८१४ नम्बरको ईभी माइक्रोबसको ठक्करबाट बा प्र०२ ०५६ प ६३५५ नं को ईभी स्कुटी चालक र पछाडी सवार श्रीमान श्रीमती सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-०६ घरभइ कपन बस्ने ३७ वर्षीय सरोज ढुंगाना र  ३५ वर्षीय विनिता ढकाल घाइते भएका छन् । ढुङ्गानाको आँखामा चोट लागेको छ भने, ढकालको दाँया खुट्टा र बाँया कानमा चोट लागेको छ । उनीहरुको शिक्षण अस्पताल उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । त्यसैगरी, माइक्रोबसको ठक्करबाट बा ५५ प १०७८ नम्बरको मोटरसाइकल चालक उदयपुर घरभई धुम्बाराही बस्ने ३३ वर्षीय सुर्य मगर, बा ५५ प १०७८ नं को मोटरसाइकल पछाडि काठमाडौं जोरपाटीका ६१ वर्षीय ज्ञान बहादुर सुनुवार, बा ४ ख ७८२४ नं को गाडीमा सवार कालिकोट घरभई कपन बस्ने ३५ वर्षीय गणेश बहादुर शाही, बा प्र ०१-००२ ज ९५०२ नं को ट्याक्सीमा सवार काठमाडौं टोखा नगरपालिका-६ कि ४४ वर्षीया ४४ पुर्ण गिरी घइते भएका छन्। घाइते गिरीको मेट्रो अस्पतालमा र अन्यको शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य छ ।

दुर्घटनाबाट बा ४ ख ७८२४ नं को भाडाको बस, बा १ य २२८६ नं. को टाटा बिधुत कार्यालय बसुन्धाराको गाडी, बाग्मती प्रदेश ०३-००१ज ०८१४ नम्बरको ईभी माईक्रो, बा प्र०२ ०५६ प ६३५५ नं को ईभी स्कुटर, बा ५५ प १०७८ नं को मोटरसाइकल, बा ७१ प २९६९ नं को मोटरसाइकल, बा ६४ प ३३११ नं को मोटरसाइकल, बा २ ज २२०७ नं.को ट्याक्सी, बा प्र ०१-००२ ज ९५०२ नं.को ट्याक्सी र बा प्र ०१-०३४ च ८८६४ नं.को ईभी माईक्रोमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल तयार

काठमाडौं, ०८ साउन । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।...

युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा

काठमाडौं, ०८ साउन । युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन्। ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी...

नेपाल बाल संगठनको रकम ठगी आरोपमा ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, ०८ साउन । नेपाल बाल संगठनको रकम ठगी गरेको आरोपमा ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता...

२१ हजार रुपैयाँ घुस सहित लेखा अधिकृत पक्राउ

काठमाडौं, ०८ साउन । काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...