युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ साउन । युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन्। ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट २० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। ५५ वर्षीय भट्टलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

गत असार २१ गते इमाडोलमा बाटो हिँडिरहेकी युवतीलाई लक्षित गरी भट्टले गोप्य अङ्ग प्रदर्शन गरेका थिए। उक्त घटनापछि लगत्तै युवतीले मोबाइलबाट भट्टको हर्कत रेकर्ड गरिन् । उनले अर्को मान्छेको सहयोगमा भट्टलाई समाएर माफि मागेर खुट्टासमेत ढोग्न लगाएकी थिइन्।
युवतीले उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि प्रहरीले भट्टलाई पक्राउ गरेको थियो। भट्टले भने यसबारे प्रहरीलाई इन्कारी बयान दिएका थिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...