नेपाल बाल संगठनको रकम ठगी आरोपमा ८ जनाविरुद्ध मुद्दा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ साउन । नेपाल बाल संगठनको रकम ठगी गरेको आरोपमा ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । बाल मन्दिरकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन जिल्ला कार्यसमिति काठमाडौंका सचिव राजेन्द्रकुमार श्रेष्ठ, ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, भोजपुरका तत्कालीन सभापति युरीकुमारी राई, बाल संगठनका तत्कालीन सहकोषाध्यक्ष दीपकदास श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

त्यस्तै, मुद्दा दर्ता हुनेमा कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, काठमाडौं जिल्ला कार्यसमितिका तत्कालीन सभापति भगवान शाक्य र ललितपुरका तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार छन् ।
प्रतिवादीमध्ये श्रेष्ठमाथि सार्वजनिक पदमा निर्वाचित भइसकेको अवस्थामा दोहोरो सुविधा दिएको आरोप छ । अन्यमाथि बाल संगठनको विधान, २०४९ तथा आर्थिक नियमावलीविपरीत नेपाल बाल संगठनको कोषबाट आर्थिक सहायता लिएको आरोप छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार

काठमाडौं, ३० कात्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि एक मिनेटसम्मको...

प्रधानमन्त्री शाहले हेरफेर गरे सचिवालय सदस्यको जिम्मेवारी

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहको...

तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडान गरिने

काठमाडौं, २९ कात्तिक । गौरीशङ्कर गाउँपालिका-९ मा अवस्थित च्छो रोल्पा हिमतालको सम्भावित जोखिम न्यूनीकरणका लागि रामेछापका तामाकोशी र...

हेटौंडामा हवाई फायर गरेर पेस्तोलसहित दुई पक्राउ

मकवानपुर, २८ कात्तिक । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको...