होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ । अहिले होल्डिङ सेन्टरमा बसिरहेका उनीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनिएको छ ।
भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार, ती परिवारहरूको नेपालभर कतै पनि घरजग्गा रहे-नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत जाँचबुझ गरिएको थियो । विभागले ती परिवारको नाममा कुनै पनि जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूको स्थायी ठेगाना भएका सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिस गरेको हो ।
उनीहरूको डिजिटल विवरण, आवेदन फारम र संलग्न कागजातसहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको समितिले जनाएको छ ।
सूचनामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका २९ जनाको नामावली सार्वजनिक गरिएको छ । जसमा सिन्धुली, सर्लाही, काठमाडौँ, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुरलगायतका जिल्ला स्थायी ठेगाना भएकाहरू छन् । हाल उनीहरू बनेपास्थित रेडक्रस तालिम केन्द्र, कीर्तिपुरस्थित राधास्वामी सत्संग, नगरकोटस्थित खानेपानी तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रमा बसोबास गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं, ०६ साउन । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको...