आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ । यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ । यसका लागि महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रहोवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बिच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता अवसरमा आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको १० लाख ८० हजार रुपैँया र स्वास्थ्य कार्यक्रम अन्तर्गतको १० लाख ४० हजार रुपैँया गरी २१ लाख २० हजार रुपैँयाको चेक हस्तान्तरण गरेका छन् ।
सम्झौता कार्यक्रममा कार्यबाहक प्रमुख डंगोलले, काठमाडौंलाई मानवीयतामा आधारित सहर निर्माण गर्ने क्रममा निजी क्षेत्रको सहभागिता बढेसँगै लक्ष्य नतिजा उन्मुख बन्दै गएको अनुभूति व्यक्त गरिन् । सामाजिक समितिका संयोजक केसीले संस्थागत सामाजिक उत्तरदायित्वको यो कार्यक्रमले निजी क्षेत्रको उचाइ बढाएको बताएका छन् ।

आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले, पहिलो वर्षको प्रभाव मूल्याङकन गरेर सहयोगलाई निरन्तरता दिइने बताए । यस्तै, आश्रमका अध्यक्ष अधिकारीले, जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको हो । त्यही लक्ष्यमा मात्र खर्च गर्ने सुनिश्चितता प्रकट गरे। ‘हामी निमित्त हौँ । यो सहयोगको हकदार बालबालिका र सडक सहयोगापेक्षी मानव नै हुनुहुन्छ,’ अधिकारीले सहयोगलाई सदुपयोग गर्ने प्रतिवद्धता दोहोर्ए । आइडीपीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरिने यस कार्यक्रमको निगरानी काठमाडौं महानगरपालिकाले गर्नेछ । आश्रमले कार्यक्रम कार्यान्वयन गर्नेछ । विपन्न, अशक्त, घरबारविहीन, शारीरिक रुपमा कमजोर व्यक्तिहरुको स्वास्थ्य र शिक्षामा सहयोग गर्नु सम्झौताको उद्देश्य हो ।

कार्यक्रम अन्तर्गत मानव सेवा आश्रमको हेरचाहमा विद्यालय जाने बालबालिका लागि विद्यालयको शुल्क, पोशाक, सिकाई सामग्री र शिक्षामा निर्बाध पहुँचका लागि आवश्यक अन्य आवश्यक सहयोग गरेर सिकाइ र नतिजा सुधारका लागि रकम खर्च हुनेछ । आश्रमले अहिले बुटबल, हेटौँडा र गोरखामा बाल गृह सञ्चालन गरेको छ । यसरी सञ्चालित आश्रममा ९१ जना बालक, ६४ जना बालिका गरी १५५ जना बालबालिका आश्रित छन् । उनीहरु मध्ये १२० जना बालबालिका विद्यालय जान योग्य छन् । उनीहरु निजी र सामुदायिक दुवै प्रकारका विद्यालयमा अध्ययनरत छन् । ३५ जनामा बौद्धिक अपाङ्गता सहित विभिन्न प्रकारको अपाङगता भएकाले आश्रममै हेरचाह गर्नु पर्ने अवस्था छ । स्वास्थ्य कार्यक्रम अन्तर्गत उद्धार तथा पुनःस्थापनाका गरिने सबै प्रकारका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यको उपचार तथा औषधि प्रदान गर्नमा खर्च गरिनेछ । यसबाट दीर्घ रोग भएका, मानसिक स्वास्थ्य अवस्था कमजोर भएका, उमेरसँग सम्बन्धित रोगको उपचार गरेर असहाय, बेसहारा व्यक्तिहरुको स्वास्थ्यमा पहुँच वृद्धि गरिने लक्ष्य राखिएको छ ।
काठमाडौंका सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई विभिन्न ७ वटा शाखामा राख्ने गरिएको छ । यी शाखाहरुमा १७६ जना महिला, ३२३ जना पुरुष र ६ जना बालबालिका गरी ५०५ जना व्यक्ति आश्रित छन् । आश्रितमध्ये २२१ जना रानीबन शाखामा, २३ जना होल्डिङ् सेन्टरमा, ८२ जना स्क्रिनिङ सेन्टरमा, ४२ जना धुनीबेँसीमा, ५० जना सामाखुशीमा, ४५ जना ललितपुरमा र ४२ जना भक्तपुरमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार

काठमाडौं, ०३ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका...

बाल सुधारगृह सुधारको लागि ४ बुँदे निर्देशन

काठमाडौं, ०३ साउन । संसदीय समितिले देशभरका बाल सुधारगृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा...

जानकारी लिएर मात्रै सवारी साधन सडकमा निकाल्न काठमाडौँ प्रशासनको अनुरोध

काठमाडौं, ०२ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा...