काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको BR06DD6063 नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

काठमाडौं प्रहरीका अनुसार घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने, अन्यको अवस्था मध्यम रहेको छ । सबै घाइतेको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घाइते हुनेहरूमा बाँके घरभई हाल काठमाडौं मनमैजु बस्ने वर्ष अन्दाजी १५ की सिवानी शाही बायाँ खुट्टा र मुखमा चोट, अवस्था बोल्न सक्ने (मध्यम), बाँके घरभई काठमाडौं मनमैजु बस्ने वर्ष अन्दाजी १० का बालक सुशान्त शाही, बायाँ कान र दायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने (मध्यम), बा ७३ ज ३७२३ नं. मोटरसाइकल चालक जिल्ला सर्लाही घरभई हाल ललितपुर ग्वार्को बस्ने वर्ष अन्दाजी ३४ का बिकी शाह बायाँ खुट्टा र बायाँ हातमा चोट, अवस्था बोल्न सक्ने (मध्यम), बा २ ज ३५७८ नं. को ट्याक्सी चालक जिल्ला रामेछाप घर भई हाल जिल्ला भक्तपुर बस्ने वर्ष अन्दाजी ४१ का उर्जा लामा, दायाँ घुँडा र बायाँ हातमा चोट लागेको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने वर्ष अन्दाजी ६५ की कुन्तिमाया लिम्बू, टाउको र दायाँ हातमा चोट, अवस्था गम्भीर, बा.प्र.–०२–०६८ प १०५६ नं. को मोटरसाइकल चालक जिल्ला सर्लाही घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष अन्दाजी १८ का निउजित शाह, दायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने (मध्यम), तेह्रथुम घरभई हाल काठमाडौं बसुन्धारा बस्ने वर्ष अन्दाजी ५७ की विष्णुमाया खापुङ, उदयपुर घरभई हाल काठमाडौं थानकोट बस्ने वर्ष अन्दाजी २५ की पार्वती तामाङ, टाउको र दायाँ हातमा चोट, अवस्था बोल्न सक्ने (मध्यम), लु ११ प ४९७५ नं. पल्सर मोटरसाइकल चालक जिल्ला उदयपुर घर भई हाल काठमाडौं बस्ने वर्ष अन्दाजी २५ का बिनोद थापा मगर दायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने (मध्यम) र नवलपुर घरभई हाल काठमाडौं गोलढुङ्गा बस्ने वर्ष अन्दाजी २२ का जीवन राना मगर दायाँ खुट्टामा चोट, अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...