भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ। जिल्लाले ५१ अर्ब ४९ करोड रुपैयाँ खर्च गर्ने अख्तियारी पाएकोमा ८२ प्रतिशतभन्दा बढी रकम खर्च गर्दै अन्य जिल्लाको तुलनामा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख महेश कुमार दाहालका अनुसार संघ र स्थानीय तह अन्तर्गतका कार्यालयको चालुतर्फ ४० अर्ब ४७ करोड रुपैयाँ खर्च गर्ने अख्तियारी प्राप्त भएको थियो। त्यसमध्ये ३५ अर्ब ५ करोड रुपैयाँ अर्थात ८७ दशमलव ६५ प्रतिशत खर्च भएको छ।
त्यसैगरी, पूँजीगततर्फ ११ अर्ब २ करोड रुपैयाँ विनियोजन गरिएकोमा ७ अर्ब १८ करोड रुपैयाँ अर्थात ६५ दशमलव १५ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ। भक्तपुरमा रहेको बीपी राजमार्ग आयोजना, सूर्यविनायक-धुलिखेल सडक आयोजना, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ‘सीएलपीआईयू’ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले मात्रै एक-एक अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका कारण जिल्लाको समग्र खर्च उल्लेखनीय बनेको दाहालले बताए।
उनका अनुसार राष्ट्रिय स्तरमा पूँजीगत खर्च अपेक्षाअनुसार हुन नसके पनि भक्तपुरले भने अन्य जिल्लाको तुलनामा तुलनात्मक रूपमा राम्रो प्रगति गरेको छ। जिल्लाका लागि विनियोजन भएको रकममध्ये ९ अर्ब २३ करोड रुपैयाँ भने खर्च हुन सकेन। राष्ट्रिय तथ्यांकअनुसार गत आर्थिक वर्षमा देशभर चालुतर्फ १० खर्ब ४४ अर्ब रुपैयाँ खर्च भएको छ।
तर, पूँजीगततर्फ भने १ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल विकास बजेटको ४६ दशमलव ७९ प्रतिशत मात्र हो। यस्तो अवस्थामा भक्तपुरको ६५ प्रतिशतभन्दा बढी पूँजीगत खर्च राष्ट्रिय औसतभन्दा उल्लेखनीय रूपमा माथि देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...