बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट नियमित मिर्गौला डायलाइसिस सेवा सञ्चालन गरेको जनाएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनको तयारीसमेत अघि बढाएको छ ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर, त्रिशुली र सिन्धुली अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरी सेवा सञ्चालन गरिएको जानकारी दिएका हुन् । मन्त्री थापाका अनुसार हेटौँडा, सिन्धुली, त्रिशुली र भक्तपुर अस्पतालमा छिट्टै जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । उपकरण र जनशक्तिको अभावका बाबजुद प्रदेशवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको उनले बताए ।

मन्त्रालयका अनुसार प्रदेशका प्रादेशिक अस्पतालबाट दैनिक आठ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिइरहेका छन् । पछिल्लो समय हेटौँडा अस्पतालमा बारा, पर्सा, रौतहट र महोत्तरीबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । प्रदेशमा हाल १४ प्रकारका औषधी उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ ।

गर्भवती महिलाको स्वास्थ्य सेवा सहज बनाउन ग्रामीण क्षेत्रमा तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर अस्पताल, त्रिशुली अस्पताल, धादिङ अस्पताल र रसुवा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा रहेका छन् । साथै चौतारा अस्पताल र हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग सेवा सञ्चालन गरिएको तथा भक्तपुर अस्पतालबाट अल्जाइमर्ससम्बन्धी सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रदेश सरकारले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरेको छ । नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेश तथा जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको छ भने काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुला व्यायामशाला स्थापना गरिएको छ । चितवनको माडी, खैरहनी र रत्ननगर नगरपालिकामा एक हजार ६०२ जनाको सिकलसेल एनिमिया र थालेसिमियाको निःशुल्क परीक्षण गरिएको तथा नेपाल सरकार र स्थानीय तहसँगको सहकार्यमा दुई लाख ५६ हजार ४७० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री थापाले आगामी आर्थिक वर्षमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथ ल्याबसहित मुटुरोग उपचार सेवा विस्तार गर्ने योजना रहेको बताएका छन् । उनले पिछडिएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि पौष्टिक आहार कार्यक्रमलाई निरन्तरता दिइने र धादिङको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा लेभल-५ ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्थापन गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...