जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागारबाट फरार पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असार । जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागारबाट फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ को राति भीमफेदी कारागारको पर्खाल फोडेर भागेका मकवानपुरको वागमती गाउँपालिका-५ का २५ वर्षीय शिशिर परियारलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट पक्राउ गरेको हो ।

मोटरसाइकल चोरी गरेको अभियोगमा अदालतले परियारलाई १ वर्ष ३ महिना कैद तोकेको थियो । उक्त कैद भुक्तानी गर्नका लागि परियार भीमफेदी कारागारको ‘क’ बल्कमा रहेका थिए
जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागारबाट भागेकामध्ये शुक्रबार बिहानसम्म १२७ जना कैदीबन्दी अझै फरार छन् । तीमध्ये २६ जना भारतीय नागरिक छन् ।  भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये सुरक्षाकर्मीले मकवानपुरका विभिन्न स्थानबाट ३ सय १३ जना जनालाई पक्राउ गरेको छ । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आएको भीमफेदी कारागार प्रमुख सुवास पौडेलले बताए ।
कारागारको तीनवटा गेट फुटाएर पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । जेलको पर्खाल फोडेर कैदीबन्दी भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर तीन जना कैदी घाइते समेत भएका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...