महानगर कप व्याडमिन्टन प्रतिस्पर्धामा वडा नं. १५ लाई ‘वेष्ट वार्ड अवार्ड’ : मोहनबहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ असार । काठमाडौं महानगर कप वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता २०८३ मा वडा नं. १५ ले ‘वेष्ट वार्ड अवार्ड’ प्राप्त गरेको छ । महानगरपालिकाले नेपाल व्याडमिन्टन संघ काठमाडौँसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा समग्र नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई विजेता वडा ट्रफी प्रदान गरिएको हो ।  महिलातर्फ एकल प्रतिस्पर्धामा वडा नं. १५ का अजरेन्का शेरचन र पुरुषतर्फ वडा नं. १० का बबिस थापा बिजयी भएका छन् । प्रतियोगिता समापन अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले विजेताहरुलाई जनही ३२ हजार रुपियाँसहित पुरस्कृत गरेका छन् । पुरुषतर्फ एकल प्रतिस्पर्धामा वडा नं. १५ का सोयम मानन्धर उपविजेता र महिलातर्फ वडा नं. ६ की शिष्टता कुइँकेल उपविजेता हुनुभयो । उहाँहरुलाई जनही २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो । वडा नं. २८ का गौरव तण्डुकार र वडा नं. ४ का सुशान्त प्रजापतीले पुरुषतर्फ र वडा नं. २३ की सम्रिना श्रेष्ठ र वडा नं. १५ का श्रीया महर्जनले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई जनही १० हजार रुपियाँसहित पुरस्कृत गरियो ।

पाँचौँदेखि आठौँ स्थान हासिल गर्ने खेलाडीलाई प्रति खेलाडी २ हजार ५ सय नगदसहित पुरस्कृत गरिनेछ । मिक्स डवलतर्फ वडा नं. १५ का अनिशराज तुलाधर र विद्या श्रेष्ठ विजेता बने । उनीहरुको टोलीलाई ४० हजार रुपियाँसहित पुरस्कृत गरियो । वडा नं. १० का सक्षम ढकाल र विभा थापाको टोलीले उपविजता बन्यो । यस्तै वडा नं. २९ का नरेश श्रेष्ठ र पुनशोभा महर्जन तथा वडा नं. ३२ का राजु देउजा र अम्बिका पण्डित क्षेत्रीको टोलीले तेस्रो स्थान हासिल गर्यो । उपविजेता टोलीलार्य ३० हजार रुपियाँ र तेस्रो हुने टोलीलाई १६ हजार रुपियाँ सहित पुरस्कृत गरियो ।
समापन समारोहमा कार्यवाहक प्रमुख डंगोलले, मोहनबहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गरे । व्याडमिन्टन खेलको विकास, विस्तार र प्रवर्धनमा जीवनभर काम गर्नुभएका शाहीलाई सम्मान प्रदान गरिएको हो ।
त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खेलमार्फत स्वस्थ्य महानगर निर्माणको कल्पना गरेको बताइन्। ‘खेल प्रतियोगिता मात्र होइन । व्यक्ति व्यक्तिलाई अनुशासनयुक्त सम्बन्धमा राख्ने माध्यम पनि हो । यो माध्यम भनेको स्वस्थ्य नागरिक र स्वच्छ समाज निर्माणको सुत्र पनि हो । यसकारण हामीले खेलको विकासलाई महत्वका साथ अगाडि बढाएका छौँ,’ डंगोलले भनिन्, ‘प्रतिस्पर्धाका खेलसँगै सांस्कृतिक खेलको विकास र खेल मार्फत आर्थिक कारोबारको वृद्धिलाई हामीले अपेक्षित नतिजाका रुपमा लिएका छौँ ।’

असार १२ गतेदेखि डल्लु आवास क्षेत्रमा रहेको भूकम्प स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगितामा महानगरपालिकाका २४ वटा वडाबाट ४२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
लैङ्गिक समानता तथा सन्तुलित सहभागिता प्रवर्धन गर्न वडाहरुबाट २ जना पुरुष र २ जना महिला खेलाडीलाई सहभागी गराइएको थियो । यसमध्ये १ जनालाई पुरुष एकल विधामा १ जना महिलालाई महिला एकल विधामा, १ जना पुरुष र १ जना महिलालाई मिश्रित युगल समूहमा प्रतिस्पर्धा गराइएको थियो । खेल लिग नकआउन प्रणाली अनुसार खेलाइएको थियो । ३ खेलमा उत्कृष्ट (वेस्ट अफ थ्री)मा खेलाइएको खेलमा प्रत्येक खेललाई १५ अंक प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...